अपराध

खैरो हेरोइन कारोबार गर्ने नेटवर्ककका गिरोहसहित ६ पक्राउ

इकागज |
जेठ १४, २०८० आइतबार १५:९ बजे

सांकेतिक तस्विर

काठमाडौँ - अवैध लागूऔषध खैरो हेरोइन कारोबार गर्ने नेटवर्ककको गिरोहसहित ६ जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । 

लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टिमले अवैध लागूऔषध खैरो हेराईन कारोबार गर्ने नेटवर्ककको गिरोहसहित ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । प्रहरीले जेठ ९ गते काठमाडौंको बोद्ध टुसालस्थित एक होटलबाट लागूऔषध खैरो हेरोईन २० ग्राम, डिजिटल तराजु १ थान र नेपाली रूपैयाँ ७ लाख ४० हजारसहित झापाका २७ वर्षीय किरण कन्दङ्वा, जेठ ११ गते काठमाडौं महानगर वडा नम्बर ९ बाट खैरो हेराईन ९४ ग्रामसहित झापाकै वर्ष २८ का विजय लिम्बू, जेठ ११ गते नै झापाको चन्द्रगढीबाट झापा मेची नगरपालिकाका वर्ष २९ का माधव मेचे र विनोद लिम्बू पक्राउ गरेको प्रहरी उपरीक्षक एवं लागूऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता चक्रराज जोशीले बताए । उनका अनुसार जेठ १२ गते झापाको भद्रपुर नगरपालिकाबाट खैरो हेराईन १९४ ग्राम ५४० मिलिग्रामसहित भारत पश्चिम बंगाल दार्जिलिङ जिल्लाका वर्ष २२ का शिव घोष र सोही ठेगाना भएकी वर्ष २६ की श्यामला सोरेनलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा बुझाइएको छ । यस कारबाहीमा नेपालीलाई लागूऔषध खैरो हेरोइन उपलब्ध गराउने मुख्य व्यक्ति भारतीय नागरिकहरू समेतलाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको बताए । 


त्यस्तै प्रहरीले लागूऔषध चरेस तीन किलो ६०० ग्रामसहित १ जना नेपालीलाई पक्राउ गरी कारबाही अघि बढाएको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका वडा नम्बर ५ स्थायी ठेगाना भएका वर्ष ४२ का तेम्बा शेर्पालाई पक्राउ गरेको छ । उनलाई जेठ ११ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइल्याण्ड जाने क्रममा पक्राउ गरिएको हो । खैरो हेरोइन प्रति १ ग्रामको अवैध बजार मूल्य अन्दाजी १० हजारको दरले ३१२.५४० ग्रामको दरले ३१ लाख २५ हजार ४ सय रहेको छ भने लागूऔषध चरेस प्रति १ किलोग्रामको अवैध बजार मूल्य अन्दाजी ५५ हजारको दरले ३ केजी ६ सय ग्रामको १ लाख ९८ हजार रहेको छ । प्रतिवादीहरुको साथबाट बरामद भएको लागूऔषधको अवैध बजार मूल्य अन्दाजी ३३ लाख २३ हजार ४ सय रहेको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x