अपराध

कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ

इकागज |
जेठ १४, २०८० आइतबार १७:३० बजे

फाइल फोटो

कञ्चनपुर - कञ्चनपुरमा प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

जिल्लाको बेलौरी नगरपालिका–१० कानीखल्लाबाट लागूऔषधसहित दुई जना पक्राउ परेका हुन् । ६ ग्राम ९२ मिलिग्राम लागूऔषधसहित बेलडाँडी गाउँपालिका–१ का २१ वर्षीय अर्जुन चौधरीसहित दुई जना शनिबार साँझ पक्राउ परेको प्रहरीले जनाएको छ ।


प्रहरी चौकी भुडाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई लागूऔषधसहित पक्राउ गरेको हो ।


Author

थप समाचार
x