अपराध

कल बाइपास आरोपमा एक चिनियाँसहित दुई जना पक्राउ

इकागज |
जेठ २३, २०८० मंगलबार १८:५५ बजे

सांकेतिक तस्विर

काठमाडौं - कल बाइपास गरेको आरोपमा एक जना चिनियाँसहित दुई जना पक्राउ परेका छन् । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कल बाइपास गर्दै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो । नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले घटनाका विषयमा अनुसन्धान भइरहेको र दुई जना नियन्त्रणमा लिइएको पुष्टि गरे । 


पक्राउ पर्नेमा २२ वर्षीय गणेश श्रेष्ठ र ४० वर्षीय चिनियाँ नागरिक झाओ रहेका छन् । चिनिया नागरिक झाओ तीन महिनादेखि नेपाल बस्दै आएका थिए ।

उनीहरूले सामाजिक सञ्जालको माध्यमबाट ओटीपी बाइपास गर्दै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । सामाजिक सञ्जाल भाइबर, टिकटक, फेसबुक लगायतका एपमा  वान टाइम पासवर्ड (ओटीपी) बाइपास गर्ने गर्थे । 

उनीहरूको साथबाट ४ लाख ८० हजार नेपाली रुपैयाँ, १ हजार ९ सय अमेरिकी डलर, २ हजार ४ सय थान नेपाली सिम कार्ड, १२८ वटा एन्टेना पनि प्रहरीले बरामद गरेको छ । यस कार्यमा अन्य व्यक्तिको पनि संलग्नता हुनसक्ने आंशका गर्दै प्रहरीले अन्य कनेक्सन खोजी गरिरहेको छ । 


Author

थप समाचार
x