अपराध

चोरी मुद्दाका फरार प्रतिवादी ३१ वर्षपछि पक्राउ

इकागज |
जेठ २५, २०८० बिहीबार २०:३१ बजे

सांकेतिक तस्विर

कञ्चनपुर - कञ्चनपुरमा घरको भित्ता फोडेर चोरी  गरेर फरार रहेका एक जना ३१ वर्षपछि पक्राउ परेका छन् ।

जिल्लाको साविकको झलारी गा.बि.स–५ का भिमबहादुर ऐर बिहिबार पक्राउ परेका हुन् । उनलाई घरको भित्ता फोरेर चोरेको आरोपमा जिल्ला अदालत कञ्चनपुरले २०४९ मंसिर आठ गते २६ दिन कैद र छ हजार नौँ सय २९ रुपैँया जरिवाना तोकेको थियो । ऐरलाई जिल्लाबाट खटिएको प्रहरी टोलीले बिहिबार आफ्नै घरमा लुकीछिपी रहेको अवस्थामा पक्राउ गरेको हो ।


उनलाई कञ्चनपुर जिल्ला अदालतमा पेस गराई तोकिएको सजाय भुक्तानको लागी कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x