अपराध

एयर गनसहित एक जना पक्राउ

इकागज |
असोज ७, २०८० आइतवार १६:३० बजे

सांकेतिक तस्विर

सुनसरी - धरान उपमहानगरपालिका-१४ विजयपुर बस्ने ३९ वर्षीय अमनध्वज कार्कीलाई १ थान एयर गनसहित प्रहरीले पक्राउ गरेको छ । 

कार्कीको घरकोठामा अवैध हतियार लुकाई छिपाइ राखेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी विजयपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त गनसहित उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 



 


Author

थप समाचार
x