अपराध

गणेश लामा पोखराको लेकसाइडबाट पक्राउ

इकागज |
जेठ २७, २०७८ बिहीबार १९:२२ बजे

पोखरा : विभिन्‍न आपराधिक क्रियाकलापमा संलग्‍न गणेश लामालाई कास्की प्रहरीले पक्राउ गरेको छ । गण्डकी प्रदेशका प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) लाई भेट्न पुगेका लामालाई प्रहरीले पोखराको लेकसाइडस्थित एक होटलबाट पक्राउ गरेको हो ।

'हामीले केही कुरा सोधपुछ गर्नुथियो त्यसैले लेकसाइडबाट उहाँलाई नियन्त्रणमा लिएका हौँ,' कास्की प्रहरी प्रमुख जीवन श्रेष्ठले इकागजसँग भने, 'उहाँलाई बैदाम प्रहरी चौकीमा राखेर सोधपुछ गरिरहेका छौँ ।' 



Author

थप समाचार
x