अपराध

रेडपाण्डाको छालासहित दुई पक्राउ

इकागज |
साउन २, २०७८ शनिवार १९:५४ बजे

काठमाडौँ-  काठमाडौं महानगरपालिका-१५ चौमतीस्थित बिष्णुमति करिडोर सडकबाट दुई थान दुर्लभ बन्यजन्तु रेडपाण्डाको छालासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं शंखरापुर ईन्द्रेणी बस्‍ने रामेछाप दोरम्बा गाउँपालिका-५ घर भएका २४ वर्षीय उमेश बिसुन्के र काठमाडौं गौशाला बस्‍ने दोलखा तामाकोशी गाउँपालिका-१ घर भएका २५ वर्षीय अर्जुन मग्राती रहेका प्रहरीले जनाएको छ ।


बिशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई जाँच गर्दा झोलामा लुकाई ल्याएको छाला फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x