अपराध

फरार कसुरदार साउद पक्राउ

इकागज |
साउन ५, २०७८ मंगलबार २०:७ बजे

कञ्चनपुर- कञ्चनपुर जिल्ला अदालतले २०७३ असार ६ गते चार महिना कैद र चार हजार जरिवाना तोकेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । फैसला भएपछि फरार कञ्चनपुरके भिमदत्त नगरपालिका -१५ का रमेश साउदलाई  प्रहरी टोलीले सोमबार पक्राउ गरेको कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिए । 

प्रहरीले पक्राउ गरेर अदालतमा बुझाएको र अदालतले कैद पुर्जी जारी गरी कैद भुक्तानको लागी कारागार चलान गरेके बमले जानकरी दिए । 
 



Author

थप समाचार
x