अपराध

बाघको छालासहित दुई पक्राउ

इकागज |
साउन ६, २०७८ बुधवार १८:१९ बजे

देउखुरी : बाघको छाला बोकी हिडेका दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । जाजरकोट भेरी नगरपालिका-९ का ३२ वर्षीय रामबहादुर दमाइँ र रुकुम पश्चिम मुसिकोट नगरपालिका-१० का ५४ वर्षीय पूर्णसिंह सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

अभियुक्तद्वयले आज बिहान घोराही उपमहानगरपालिका-३ गोग्लीमा सिमेन्टको बोरामा सामान बोकी हिँडिरहेका बेला प्रहरी टोलीले शंका लागि खानतलासी गर्दा बाघको छाला, नङ्ग्रा र जुँगा बरामद गर्नाका साथै उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालिएको जनाइएको छ । (रासस)
 



Author

थप समाचार
x