अपराध

लागुऔषधसहित दुई  युवा पक्राउ

इकागज |
साउन ११, २०७८ सोमबार १८:३९ बजे

सुर्खेत – जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषधसहित दुईजना युवालाई पक्राउ गरेको छ । कार्यालयबाट खटिएको प्रहरी टोलीले वीरेन्द्रनगर पाँच गणेशचोकबाट दुई जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा वीरेन्द्रनगर पाँचका  ३० वर्षीय खडानन्द पौडेल र २५ वर्षिय सन्दीप बिक छन् । शंकास्पद रूपमा हिडिरहेका युवालाई चेकजाँच गर्दा तीन सय मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । 


उनीहरूलाई जाँच गर्नेक्रममा सन्दीपको बाँया हातको मुठ्ठीभित्र पलाष्टिकमा बेरेको ब्राउनसुगर जस्तो देखिने धुलो फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपि रामप्रसाद घर्तीले जानकारी दिए । घटनाको विषयमा अनुसन्धान भइरहेको घर्तीले बताए । 
 


Author

थप समाचार
x