अपराध

लागुऔषधसहित एक पक्राउ

इकागज |
साउन १३, २०७८ बुधबार २१:१० बजे

काठमाडौँ - काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागुऔषध एक हजार १९८ ट्याब्लेट नाइट्राभेट, ५० एम्पुल डाइजेपाम, ५० एम्पुल फेनारगन र ५० एम्पुल नुफिनसहित एक जनालाई आज पक्राउ गरिएको छ । 

पक्राउपर्नेमा दाङ, सिसनिया गाउँपालिका-६ का २८ वर्षीय देव चौधरी रहेका छन् । धरानबाट काठमाडौँ आउँदै गरेको ना६ख १४५७ नंको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा देवलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरिएको हो । उनका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  (रासस)
 



Author

थप समाचार
x