अपराध

१२७ किलो गाँजासहित तीन पक्राउ

इकागज |
साउन २०, २०७८ बुधबार १९:२३ बजे

मकवानपुर -  मकवानपुरमा १२७ किलो गाँजा बोकेको ट्रकसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुई भारतीय र एक नेपाली नागरिक छन् ।

आज बिहान मनहरी गाउँपालिका-८ सिमपानीस्थित पूर्व-पश्चिम लोकमार्गबाट भारत वैशालीका ३८ वर्षीय रामराज सहनी, भारत समस्तीपुरका १८ वर्षीय राहुलकुमार सहनी र वीरगञ्ज  महानगरपालिका-९ चुर्नीका ३० वर्षीय रियाजुल अन्सारीलाई उक्त परिणामको गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रहरीले जनाएको छ । 


जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उक्त सडकखण्डमा  वीआरइ २८३९ नम्बरको भारतीय ट्रकमा लुकाइछिपाइ ल्याएको उक्त परिणामको गाँजा बरामद भएपछि उनीहरुलाई नियन्त्रणमा लिएको जिप्रकाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । (रासस)
 


Author

थप समाचार
x