अपराध

गाईको बाछो काटेको अभियोगमा ४ जना पक्राउ

इकागज |
असोज ६, २०७८ बुधबार १३:१६ बजे

फाइल फाेटाे

काठमाडौं - गाईको बाछो काटेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । रसुवा नौकुण्ठ गाउँपालिका-२ घर भएका ६५ वर्षीय कामछिरिङ लोकचन लगायत ४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । 

तारकेश्वर नगरपालिका-५ गोलढुङ्गा फुयेलचोक चौतराको खोलामा गाईको बाछो काटिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले गाईको बाछो काटिरहेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



Author

थप समाचार
x