अपराध

लागूऔषध गाँजासहित २ जना पक्राउ

इकागज |
असोज ६, २०७८ बुधवार १४:२८ बजे

काठमाडौं - बूढानीलकण्ठ नगरपालिका-१० बालुवा खानीबाट ४ किलो ६ सय ६४ ग्राम अवैध लागूऔषघ गाँजाको धुलो जस्तो देखिने पदार्थसहित प्रहरीले एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दोलखा तामाकोशी गाउँपालिका-५ बस्ने ४० वर्षीय योगराज पोखरेललाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उक्त ठाउँमा लागूऔषध बिक्री बितरण भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उक्त पदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको हो । सर्लाही, हरिवन नगरपालिका-१० ब्रहमटोल बस्ने ५३ वर्षीय कुलदास घिसिङलाई करिब १२ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।


उनको घरमा लागूऔषध गाँजा लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले घर तलासी गर्दा कोठामा लुकाई राखेको उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 


Author

थप समाचार
x