अपराध

धनगढीमा श्रीमानको हत्‍या आरोपमा श्रीमतीसहित चार पक्राउ

इकागज |
असोज ३१, २०७८ आइतवार ११:४९ बजे

कैलाली - धनगढी उपमहानगरपालिका–७ का अन्दाजी २७ वर्षीय रमेश चौधरीको हत्या गरेको आरोपमा श्रीमती अमृता चौधरी (२७) सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार बिहानै घरदेखि करिब ७ सय मिटर टाढा खुटिया खोलाको छेउमा चौधरीको शव फेला परेको बताउदै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले शवको प्रकृति हेर्दा हत्या गरेको आशंका मृतक चौधरीकी श्रीमती सहित ४ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताए ।

शुक्रबार साँझ साथीको घरमा जान भन्दै घरबाट निस्किएका उनी बिहान मृत अवस्थामा फेला परेका थिए । प्रारम्भिक रूपमा मृतककी श्रीमती उनको केटा साथी बिष्णु चौधरी (२९) ले घाँटी थिचेर हत्या गरेको पाइएको प्रहरी उपरीक्षक अधिकारले बताए । उनले अन्य दुईजनाको बारेमा भने घटनामा संलग्न रहे नरहेको अनुसन्धान भैरहेको बताए ।



Author

थप समाचार
x