अपराध

४४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा किशोर पक्राउ

इकागज |
असोज ३१, २०७८ आइतबार १३:१ बजे

तनँहु - ४४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती करणी गरेको अभियोगमा बन्दीपुर गाउँपालिका-२ पौवा बस्ने १७ वर्षीय किशोरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

ती किशोरले महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 



Author

थप समाचार
x