अपराध

६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा २० वर्षीय युवक पक्राउ

इकागज |
कात्तिक ८, २०७८ सोमबार १३:१६ बजे

प्रतिकात्‍मक तस्‍बिर

उदयपुर - ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । त्रियुगा नगरपालिका-८ साईखोला बस्ने सप्तरी सप्तकोशी नगरपालिका-१ फत्तेपुर खोरिया टोल घर भएका २० वर्षीय दिलु रोक्कालाई प्रहरीले पक्राउ गरेको हो ।

रोक्काले बालिकालाई शनिबार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले आइतबार बिहान उनलाई पक्राउ गरेको हो ।   घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीको चनाइ छ। 



Author

थप समाचार
x