भन्सार छली ल्याएका लाखाैं सामग्री बरामद
जनकपुरधाम- भन्सार छली गरेर चोरी निकासी गरी ल्याइएको भाँडा वर्तन र रजनीगन्धा गुट्खा सहितका लाखौ रुपैयाँको सामग्री धनुषा प्रहरीले जनकपुरधामबाट नियन्त्रणमा लिएको छ ।
जनकपुरधाम वडा नम्बर ४ र २४ बाट भन्सार छली गरी ल्याइएको भाँडा वर्तन र रजनीगन्धा सहितका सामग्री आइतबार जिल्ला प्रहरी कार्यालयबाट सादा पोशाकमा खटिएका प्रहरी टोलीले बरामद गरी आवश्यक कारवाहीका लागि भन्सार कार्यालयमा बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले सोमबार एक विज्ञप्ति जारी गरी जनकपुरधाम वडा नम्बर ४ को माछा बजारबाट भन्सार छली गरी ल्याइएको बेवारिसे अवस्थामा रहेको एक लाख ९९ हजार रुपैयाँ बराबरको पितलको भाँडा वर्तनहरु बरामद गरिएको जनाएको छ ।
वडा नम्बर ४ कै राम चोकबाट ज १ ह ४२९९ नम्बरको सिटी रिक्साबाट भन्सार छली गरी ल्याइएको ३ लाख ७८ लाख रुपैयाँ बराबरको रजनीगन्धा सहितका गुट्खा, चिनी, बिस्कुटलगायतका सामग्री नियन्त्रणमा लिइएको धनुषा प्रहरीले जनाएको छ ।
सो क्रममा सिटी रिक्सा चालक लक्ष्मिनिया गाउँपालिका २ सिंगरजोडा निवासी ताहिर कवारी र सिटी रिक्सालाई समेत नियन्त्रणमा लिई आवश्यक कारबाही अघि बढाइएको धनुषाका प्रहरी उपरिक्षक बसन्त रजौरेले जनाएका छन् ।
त्यस्तै वडा नम्बर २४ बसहियाबाट समेत रजनीगन्धा सहितका गुट्खा र महिलाले लगाउने चुरा लगातयका १ लाख ३८ हजार रुपैयाँ बराबरको भन्सार छली गरी ल्याइएको सामग्री सवारी चेकजाँचको क्रममा नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिइएको सामग्रीहरु सोमबार भन्सार कार्यालय जनकपुरधामलाई आवश्यक कारबाहीका लागि बुझाएको प्रहरी उपरिक्षक रजौरेले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया