अपराध

सुर्खेतमा लागुऔषधसहित सासू-बुहारी पक्राउ

लक्ष्मी भण्डारी |
पुस १४, २०७७ मंगलबार १७:११ बजे

प्रतिकात्मक तस्वीर

सुर्खेत : सुर्खेतमा लागुऔषधसहित सासू-बुहारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले विशेष सूचनाको आधारमा उनीहरूलाई वीरेन्द्रनगर–८ इत्राम खोला नजिकैबाट पक्राउ गरेको हो । 

ब्राउनसुगर जस्तो देखिने लागुऔषधसहित  सासू-बुहारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । १४ ग्राम ९७० मिलिग्राम लागुऔषधसहित सोमबार राती १० बजे उनीहरूलाई पक्राउ गरिएको घर्तीले बताए । 


विशेष सूचनाका आधारमा २४ वर्षीया शान्ति सिंहको कोठामा खानतलास गर्दा पाँच ग्राम एक सय ७० मिलिग्राम लागुऔषध भेटिएको थियो । यस्तै, उनकै सासू कोपिला सिंहको कोठामा खानतलासी गर्दा नौ ग्राम आठ सय मिलिग्राम लागुऔषध भेटिएको हो । 

त्यसैगरी शान्ति सिंहको साथमा रहेको २१ हजार पाँच सय रुपैयाँ नगद पनि बरामद गरिएको डीएसपी घर्तीले जानकारी दिए । घटनाकोे विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Author

लक्ष्मी भण्डारी

भण्डारी इकागजका कर्णाली प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x