अपराध

जबर्जस्ती बलात्कार गर्नेलाई जन्मकैद

इकागज |
पुस ३०, २०७८ शुक्रवार १३:५७ बजे

फाइल फाेटाे

रसुवा- बलात्कार गरेकाे आराेपमा जिल्ला अदालत रसुवाले एक युवालाई जन्मकैदको फैसला सुनाएको छ ।

नुवाकोटको किस्पाङ गाउँपालिका–५ अर्चले घर भई रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ बस्दै आएका २१ वर्षीय यमप्रसाद भट्टराईलाई उक्त सजाय दिइएको हो । जिल्ला अदालतका न्यायाधीश राजेन्द्र नेपालको एकल इजलासले उक्त फैसला सुनाएको तहसिलदार गोपी विश्वकर्माले जानकारी दिए ।


 भट्टराईले ६ वर्षीया बालिकालाई गत वर्ष माघमा जबर्जस्ती बलात्कार गरेका थिए । उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा १ र २ तथा उपदफा ३ को (क) बमोजिम दोषी ठहर गरिएको हो ।

भट्टराईलाई जन्मकैदका साथै  ६ लाख जरिवाना र पीडितलाई रु ५० हजार क्षतिपूर्ति भराउने फैसला गरिएको छ । रासस


Author

थप समाचार
x