अपराध

साइबर क्राइम

मेसेन्जर कलमा नग्न भिडियो बनाएर बालिकामाथि बलात्कार

नक्कली फेसबुक एकाउन्ट खोली अपराध

इकागज |
माघ १, २०७८ शनिवार १५:४ बजे

काठमाण्डौं– गएको पुस २७ गते राति काठमाडौँको बूढानीलकण्ठ नजिकै रहेको निर्माणाधीन घर पछाडि एक बालिका बलात्कृत भइन् । सामाजिक सञ्जालबाट चिनजान भएका एक युवकले भेट्न बोलाएपछि त्यहाँ पुगेकी बालिकामाथि अनेक धम्की दिदैं युवकले बलात्कार गरे ।

युवक अहिले पक्राउ गरेका छन् । उक्त घटनामा संलग्न रहेको आरोपमा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१ स्थायी घर भई हाल ललितपुर बस्ने सुजन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।


ती बालिकाले यसअघि युवकसँग सामाजिक सञ्जालमा भिडियो कल गर्थिन् । बाक्लै कल हुन थालेपछि बालिकाले युवकलाई विश्वास गरिन् अनि भेट्न गइन् । तर, रातको समयमा एक्लै भेटेपछि बालिका बलात्कृत हुन पुगेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
अनुसन्धानका क्रममा खुलेको छ, ‘सुजनले नक्कली फेसबुक एकाउन्टबाट ती बालिकासँग च्याट गर्दै अस्लिल भिडियो कुराकानी हुने गर्दथ्यो ।’

पीडक सुजनले नै यसरी नक्कली फेसबुक एकाउन्ट बनाएको खुलेपछि पक्राउ गरिएको परिसरले जनाएको छ । उनले संगम महर्जनको नामको फेसबुक चलाउँदै आएको प्रहरीले जनाएको छ।

प्रहरीकाअनुसार सुरुमा ती व्यक्तिले बालिकालाई बारम्बार भिडियो कल गरी संवेदनशील अङ्ग देखाउन लगाई भिडियो कल रेकर्ड गर्नुका साथै स्कुलमा साथी तथा घर परिवार समेतलाई उक्त भिडियो देखाउँछु र सामाजिक सञ्जालमा भाइरल बनाउँछु भनी धम्की दिएका थिए।

उनीमाथि महानगरीय प्रहरीवृत्त महाराजगजबाट कानूनी कारवाही थालिएको जनाइएको छ । ‘पछिल्लो समय सामाजिकसञ्जालले यस्त घटना बढाएका छन्,’ उनले भने, ‘यसबाट सावधानी नपनाए ठूलै दुर्घटना निम्तिन सक्छ ।’

प्रहरीले यसरी सामाजिक सञ्जालमा नक्कली फेसबुक एकाउन्ट खोली अपराधजन्य कार्य बढ्दो रहेकाले प्रहरीले सचेत हुन अपिल गरेको छ।     

नेपाल प्रहरीले बालबालिकामाथि अपराध हुनबाट जोगाउनका लागि सचेत हुन अभिभावकसँग अनुरोध गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँले पछिल्लो समय बालबालिकामाथि विभिन्न खालका घटना हुने गरेको देखिएकाले त्यसप्रति ध्यानाकर्षण गराउँदै प्रहरीले आ–आफ्ना बालबालिकालाई समयमै सचेत गर्ने कुरामा गम्भीर हुन आग्रह गरेको छ । 
 


Author

थप समाचार
x