अपराध

हतियारसहित एक युवक पक्राउ

इकागज |
माघ २, २०७८ १५:३२ बजे

सांकेतिक फोटो

जनकपुरधाम : प्रहरीले सिरहाबाट एक युवकलाई  पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको गोलबजार नगरपालिका ६ डोहटिया टोलका २७ वर्षीय पंकजकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

महतोलाई १ थान म्याग्जिन नभएको पेस्तोलसहित शनिबार अबेर राति गोप्य सुचनाको आधारमा प्रहरीले पक्राउ गरेको छ । आफ्नै घरमा हातहतियार लुकाई राखेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले पेस्तोलसहित उनलाई पक्राउ गरेको हो । 


यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिप्रका सिरहाले जनाएको छ ।
 



Author

थप समाचार
ad
x