अपराध

स्रोत नखुलेको ३० लाखसहित महोत्तरीमा एक जना पक्राउ

इकागज |
माघ ३, २०७८ सोमबार १६:२६ बजे

फाइल फाेटाे

महोत्तरी- स्रोत नखुलेको ३० लाख रकमसहित महोत्तरीमा एक जना पक्राउ परेका छन् । मट्टीहानी प्रहरी चौकीबाट नियमित चेकजाँचमा खटिएको प्रहरीले मट्टीहानी-३ बस्ने २३ वर्षीय सहाउदिनको साथबाट उक्त पैसा बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेको ज६प ६९४४ नम्बरको मोटरसाइकलमा सवार सहाउदिनले पिठ्युमा बोकेको कालो झोलाबाट २८ लाख र ज्याकेटको खल्तीमा लुकाएको दुई लाख गरी ३० लाख रुपैयाँ बरामद भएकाे हाे ।


बाइकसहित आरोपित सहाउदिनलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि जलेश्वर भन्सार कार्यालय मलिवारा पठाइएको प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।


Author

थप समाचार
x