अपराध

नियन्त्रित लागूऔषधसहित तीन पक्राउ

इकागज |
माघ ३, २०७८ सोमबार १९:१ बजे

कास्की- कास्कीकाे अन्नपूर्ण गाउँपालिका-१ नौडाँडास्थित सडकबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् । माछपुच्छ्रे गाउँपालिका-१० घर भएका २६ वर्षीय सन्जय बिकलाई नियन्त्रित लागूऔषध ४५ एम्पुल डाईजेपाम, ४५ एम्पुल फेनारगन र ४५ एम्पुल नुर्फिन सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको हाे।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।


त्यस्तैऽ मोरङरतुवामाइ नगरपालिका-९ भौडास्थित सडकबाट उर्लाबारी नगरपालिका-३ बस्ने ३६ वर्षीय तारानिधि गुरागाईं र सोही ठाउँ बस्ने ३५ वर्षीय विदेश लिम्बुलाई नियन्त्रित लागूऔषध ६ सय ९० ट्याब्लेट नाईट्राभेट सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इटराबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


Author

थप समाचार
x