अपराध

कैलालीमा अवैध सम्बन्धपछि सुपारी दिएर पुरुषको हत्या

नवराज पनेरु |
फागुन २०, २०७७ १८:१६ बजे

धनगढी : कैलालीको गोदावरी नगरपालिका-५ गेटामा फागुन १५ गते मृत फेला परेका ३६ वर्षीय शिवचरण रानाको हत्यामा संलग्‍न भएको आरोपमा पक्राउ परेकी महिलालाई प्रहरीले सार्वजनिक गरेको छ । ३७ वर्षीया जयन्ती चौधरीलाई प्रहरीले रानाको हत्यामा संलग्‍न रहेको भन्दै सार्वजनिक गरेको हो । 

बिहिबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले जयन्तीले रानाको योजना बनाएर हत्या गरेको बयान प्रहरीसमक्ष दिएको जानकारी दिए ।
 
‘विगत केही महिनादेखि मृतक राना र अभियुक्त चौधरीबीच अवैध सम्बन्ध रहेछ,’ एसपी जबराले भने, ‘विवाद भएपछि केही समयका लागि सम्बन्ध विग्रिएको तर फेरी दुबै जनाको सहमती भएको देखिन्छ । चौधरीले अन्य युवतीसंग पनि रानाको सम्बन्ध रहेको थाहा पाएपछि योजना बनाएर हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।’ 


ADVERTISEMENT

उनले हत्यामा थप दुई जनाको संलग्नता भएको बताउँदै खोजी भइरहेको जानकारी दिए । हत्याका लागि चौधरीले फरार दुई जनालाई सुपारी दिएकोसमेत प्रहरी उपरीक्षक जबराले बताए । तर उनले रकम भने खुलाएनन् ।  प्रहरीका अनुसार मृतक र आरोपित दुवै जना विवाहित हुन् । शिवचरणको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको प्रहरीको दाबी छ । 
 



Author

नवराज पनेरु

पनेरु इकागजका सुदूरपश्‍चिम प्रतिनिधि हुन् ।


थप समाचार