अपराध

चरित्र हत्या हुने वक्तव्य दिएको आरोपमा दुई युट्युबर पक्राउ

इकागज |
फागुन २५, २०७८ बुधवार १६:१४ बजे

काठमाडौँ - नेपाल प्रहरीको साइबर ब्यूरोले युट्युबमा भ्रामक समाचार सम्प्रेषण गर्ने दुई युट्युबरलाई पक्राउ गरेको छ। युट्युब मार्फत अनर्गल वक्तव्य दिएर चरित्र हत्या गर्ने उद्देश्यले भ्रामक समाचार सम्प्रेषण गरेको आरोपमा पक्राउ गरेको हो।

पीडितको मान मानमर्दन तथा चरित्र हत्या हुने गरि 'नेपाल मिडिया' नामक युट्युब च्यानल तथा 'विशाल नेपाल' नामक युट्युबका सञ्चालकहरुलाई पक्राउ गरेको हो। दुवै आरोपितलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुर गरेकाले काठमाडौँ जिल्ला अदालतको अनुमति आदेशले पक्राउ गरेको साइबर ब्यूरोले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। आरोपितलाई ७/७ दिनको म्याद थप गरि अनुसन्धान भैरहेको जनाएको छ।


 


Author

थप समाचार
x