कूटनीति

इजरायलको मासभ शैक्षिक तालिममा २६ नेपाली सहभागी

इकागज |
जेठ ६, २०७९ शुक्रबार १२:५७ बजे

काठमाडौँ– शैक्षिक इनोभेसन सम्बन्धी इजरायल सरकारको अन्तर्राष्ट्रिय तालिम कार्यक्रममा २६ नेपाली सहभागी भएका छन् । मे महिनाको ९ देखि १९ सम्म चलेको उक्त कार्यक्रममा अहारोन ओफ्री मासभ अन्तर्राष्ट्रिय शैक्षिक तालिम केन्द्र, जेरुसेलममा उक्त कार्यक्रम सञ्चालन भएको थियो । 

यो तालिम कार्यक्रमले शैक्षिक प्रणालीमा नवप्रवर्तनसम्बन्धी नयाँ उपकरण र ज्ञान लागू र विकास गर्ने सम्बन्धमा दिगो विकास कार्यक्रमसँग आवद्ध गरिएको छ । लेक्चर र छलफल बाहेक सहभागीले स्कुल, शैक्षिक केन्द्र (विज्ञान, कला आदि), शैक्षिक तालिम संस्था र त्यहाँका शैक्षिक स्रोत केन्द्रहरूको भ्रमण गरेका थिए । उक्त टोलीले इजरायलका पर्यटकीय केन्द्रहरूको भ्रमण पनि गरेको थियो ।


कोभिड–१९ महामारी पछि मासभ तालिममा सहभागी हुने नेपालीको यो पहिलो समूह हो । अहिलेसम्म तीन हजार भनदा धेरै नेपालीले मासभका विभिन्न पाठ्यक्रम जस्तै, शिक्षा, कृषि, स्वास्थ्य, उद्यमशीलता लगायतका क्षेत्रमा सहभागी भएका छन् । 

काठमाडौँस्थित इजरायली दूतावासले शिक्षाको उत्कृष्टताका लागि योगदान गर्ने सहभागीहरूको प्रतिबद्धताको प्रशंशा गरेको छ । ‘यो तालिम कार्यक्रम सहभागीहरूको व्यवसायिक दक्षता प्रगाढ बनाई विद्यार्थीमाझ परिणाममुखी भएर प्रतिबिम्बित हुने हाम्रो विश्वास छ,’ दूतावासले भनेको छ । 
 


Author

थप समाचार
x