कूटनीति

५ मुलुकका लागि प्रस्तावित राजदूत अनुमोदित

इकागज |
जेठ ८, २०७९ आइतवार ०:३१ बजे

काठमाडौँ - जापान र इजिप्टसहित विभिन्न ५ मुलुकका प्रस्तावित राजदूतहरु अनुमाेदित भएका छन् । शनिबार संसदीय सुनुवाइपछि उनीहरु अनुमाेदित भएका हुन् ।

सरकारले सिफारिस गरेका जापानका लागि दुर्गाबहादुर सुवेदी, इजिप्टका लागि सुशीलकुमार लम्साल, ब्राजिलका लागि निर्मलराज काफ्ले, अस्ट्रेलियाका लागि भरतकुमार रेग्मी र बहराइनका लागि तीर्थराज वाग्लेलाई संसदीय सुनुवाइ समितिले बैठकमार्फत सुनवाइ गरी अनुमोदन गरिएकाे समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।


प्रस्तावित राजदूतहरुले सम्बन्धित मुलुकहरुसँगै द्विपक्षीय सम्बन्ध मजबुद बनाउने, विदेशी लगानी भित्र्याउने, पर्यटनहरुलाई भित्र्याउन पहल गर्ने तथा उच्चस्तरीय भ्रमण गराउन पहल गर्नेलगायत विषयमा आफूहरुले प्राथमिकता दिने प्रतिबद्धता सुनुवाइका दौरान गरेका थिए । 

प्रस्तावित राजदूतलाई संसदीय समितिले अनुमोदन गरेपछि उनीहरुको अग्रिमो (स्वीकृति) को लागि सम्बन्धित मुलुकमा पठाइन्छ । सम्बन्धित मुलुकले स्वीकृति दिएपछि कानुनअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूत नियुक्ति गर्नेछिन् ।


Author

थप समाचार
x