कूटनीति

३ सय विद्यार्थीले पाए 'एम्बेसडर अफ पाकिस्तान स्कलरसीप'

इकागज |
जेठ १०, २०७९ मगलवार १५:७ बजे

काठमाडौँ- पाकिस्तानी राजदूतावासले १० औं वार्षिक 'एम्बेसडर अफ पाकिस्तान स्कलरसीप' प्रदान गरेको छ । राजदूतावासले ३ सय जना विद्यार्थीलाई 'एम्बेसडर अफ पाकिस्तान स्कलरसीप' प्रदान गरेको हो । नेपालभरका सरकारी विद्यालयमा पढ्ने योग्य/जेहेन्दार विद्यार्थीहरूलाई प्रत्येकलाई १० हजारको छात्रवृत्ति प्रदान गरिएको थियो।

छात्रवृत्ति प्रदान गर्दै हिमालय शमशेर राणाले पाकिस्तानी दूतावासले दुई देशबीच विशेषगरी शिक्षाको क्षेत्रमा जन–जन सम्पर्क अभिवृद्धि गर्न गरेको प्रयासको प्रशंसा व्यक्त गरे ।  नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धको प्रतिबिम्ब भएको उनले बताए । राणाले दुई देशका युवाहरूलाई नजिक ल्याउन दूतावासको प्रयासको पनि प्रशंसा गरे ।


कार्यक्रममा पाकिस्तानका राजदूत सैयद हैदर साहले छात्रवृत्ति कार्यक्रमलाई थप विस्तार गर्ने र नेपाल–पाकिस्तान द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने विचार व्यक्त गरे ।


Author

थप समाचार
x