बिमस्टेकको १७औं मन्त्रीस्तरीय बैठक आज
काठमाडौँः बिमस्टेक राष्ट्रहरूका उच्च अधिकारीहरूको बैठकको विशेष सत्र भर्चुअल माध्यमबाट बुधबार सम्पन्न भएको छ । आज भर्चुअल माध्यमबाट हुने बिमस्टेक राष्ट्रहरूको १७औं मन्त्रीस्तरीय बैठक तथा अन्य एजेण्डामा बुधबार सम्पन्न उच्च अधिकारीहरूको बैठकले छलफल गरेको छ ।
उक्त विशेष सत्रमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्र सचिव भरतराज पौडेलले काठमाडौँमा सन् २०१८ अगस्टमा सम्पन्न चौथो बिमस्टेक शिखर सम्मेलनका निर्णय कार्यान्वयनको अवस्थाका सम्बन्धमा समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए । पौडेलले अधिकारीहरूलाई यी निर्णयहरू कार्यान्वयनमा ठोस पहल गर्दै यस क्षेत्रका मानिसहरूको साझा उन्नयन र समृद्धितर्फ अघि बढ्नुपर्ने बताए ।
बिमस्टेकलाई अघि बढाउन नयाँ मानक स्थापित गर्ने संस्थाहरूको विकास, बिमस्टेक अन्तर्गतका सहयोगका विभिन्न क्षेत्र र उपक्षेत्रहरूको मूलप्रवाहीकरण, कानुनी संयन्त्र र दस्तावेजहरूको विकासका साथै विमस्टेकको बडापत्र, बिमस्टेकको कनेक्टीभिटी गुरुयोजना तथा सन् २०२० को बिमस्टेक सचिवालयको बजेट पुनरवलोकन तथा सन् २०२१ को बजेट अनुमानका सम्बन्धमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उक्त विशेष सत्रमा बिमस्टेकलाई अघि बढाउन नयाँ मानक स्थापित गर्ने संस्थाहरूको विकास, बिमस्टेक अन्तर्गतका सहयोगका विभिन्न क्षेत्र र उपक्षेत्रहरूको मूलप्रवाहीकरण, कानुनी संयन्त्र र दस्तावेजहरूको विकासका साथै विमस्टेकको बडापत्र, बिमस्टेकको कनेक्टीभिटी गुरुयोजना तथा सन् २०२० को बिमस्टेक सचिवालयको बजेट पुनरवलोकन तथा सन् २०२१ को बजेट अनुमानका सम्बन्धमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्यस्तै उच्च अधिकारीहरूको बैठकले १७औं बिमस्टेक मन्त्रीस्तरीय बैठकका लागि तयारी र बैठकपछि जारी गरिने संयुक्त वक्तव्यको मस्यौदा पनि तयार गरेको छ ।
बुधबारको उच्च अधिकारीहरूको बैठकमा परराष्ट्र मन्त्रालयका अतिरिक्त अर्थ, कानुन न्याय तथा संसदीय व्यवस्था, संस्कृति पर्यटन तथा नागरिक उड्ययन, उद्योग वाणिज्य तथा आपूर्ति र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीहरू उपस्थित थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया