कूटनीति

काठमाडौँमा ‘पाकिस्तान ल्यान्ड अफ एडभेन्चर एन्ड नेचर’ कार्यक्रम आयोजना

इकागज |
असार ११, २०७९ शनिबार १२:३४ बजे

काठमाडौँ – नेपालस्थित पाकिस्तानी दूतावासले काठमाडौँमा ‘पाकिस्तान ल्यान्ड अफ एडभेन्चर एन्ड नेचर’ कार्यक्रम आयोजना गरेको छ । स्वतन्त्रताको ७५ औँ वर्षको समारोहको एक भागको रूपमा शुक्रबार पाकिस्तानी दूतावासले काठमाडौँमा सो कार्यक्रम आयोजना गरेको हो । 

कार्यक्रममा कूटनीतिक नियोगका प्रतिनिधि, सरकारी अधिकारी, वुद्धिजिवी, लेखक तथा विष्लेषकहरुको सहभागिता रहेको पाकिस्तानी दूतावासले जनाएको छ । पाकिस्तान र नेपालबीचको सम्बन्धलाई थप सुमधर बनाउने तथा पाकिस्तानी संस्कृतिको प्रवर्द्धन गर्नु रहेको थियो । 


नेपालका लागि पाकिस्तानी राजदूत सयद हैदर शाहले नेपाल र पाकिस्तानबीचको ऐतिहासिक, सांस्कृतिक, धार्मिक र परम्परागत सम्बन्धबारे प्रकाश पारेका थिए । उनले यस वर्षलाई पाकिस्तानको स्वतन्त्रताको ७५ औँ वर्षका रूपमा मनाइँदै आएको समेत जानकारी गराए । 


 


Author

थप समाचार
x