कूटनीति

'समृद्ध नेपाल सुखी नेपालीका लागि सहकार्य गरेर अघि बढ्नेछु'

इकागज |
चैत २१, २०७७ शनिबार २१:१९ बजे

तस्बिर : रासस

काठमाडौँ : नेपालका लागि जापानका राजदूत युताका किकुताले नेपाल र जापानको सम्वन्धलाई थप उचाईमा पु¥याउन आफूले काम गर्ने बताएका छन् । नेपालका लागि नवनियुक्त राजदूत करिअर कूटनीतिज्ञ हुन् । यसअघि उनी नाइजेरियामा राजदुत थिए भने भारतमा पनि नियोग उप–प्रमुखको जिम्मेवारी निर्वाह गरिसकेका छन् । हुनत विदेश मन्त्रालयमा रहेर काम गर्दा नै नेपाल आइसकेका उनले राजदूत भएर आएलगत्तै रासससँगका संवादमा भने, ‘नेपाल र जापानको जनस्तरको सम्वन्धलाई निकै माथी उठाउन आवश्यक छ । त्यसलाई केन्द्रमा राखेर काम गर्नेछु ।’

नेपालजस्तो मुलुकमा राजदूत हुन पाउँदा खाफूलाई खुसी लागेको बताउँदै भने, ‘समृद्ध नेपाल सुखी नेपालीका लागि नेपाल सरकार नेपाली जनतासँग सहकार्य गरेर अघि बढ्नेछु ।’ नेपाल र जापानबीच सम्बन्धबारे आफूसँग कतिपय अविस्मरणीय क्षणहरू रहेको समेत बताउँदै उनले भने, ‘म यहाँ रहुञ्जेल धेरै भन्दा धेरै नेपाली नागरिक, नेपालका उच्चस्तरीय नेता, उच्च सरकारी अधिकारीसँग भेट तथा अन्तर्क्रिया गर्नेछु । त्यसैगरी सम्भव भएसम्म म नेपालका धेरैभन्दा धेरै स्थानको भ्रमण पनि गर्नेछु ।’


सम्भावनाको खोजी गरेर, आवश्यक र सम्भव विधिहरूको प्रयोग गरेर दुई मुलुकबीचको सम्बन्धलाई थप विस्तारित र बलियो बनाउने पनि उनले बताए । जापान र नेपालका सम्बन्धको इतिहास धेरै लामो र गहिरो छ । नेपाल र जापानबीच उच्चस्तरीय भ्रमणको आदान–प्रदान पनि भइरहेको छ । अझ भन्नुपर्दा आगामी वर्ष अर्थात सन् २०२२ मा पहिलो पटक आठजना नेपाली विद्यार्थी जापान अध्ययन गर्न गएको १२० औँ वार्षिकोत्सव नै रहेको उनले बताए । 

उनी जापानको फुकुशिमा जन्मिएका हुन । जापानको त्यो क्षेत्रमा सन् २०११ को भुकम्पको पिडामा हुँदा नेपालले सहानुभूति राखेर हाम्रा लागि गरेको प्रार्थना स्मरणीय छ । त्यस्तो अप्ठेरो बेलामा नेपालीले पकाएर दिएको दालभात तथा तातो कफिले उनका वावा–आमा अन्य जापानीलाई बाँच्न ठूलो सहायता पुगेको बताउँदै नेपाली प्रति कृतज्ञता समेत व्यक्त गरे । 

नेपालमा सन् २०१५ मा गएको गोरखा भूकम्पका समयमा नेपाललाई पनि जापानले सक्दो सहयोग गरेकोपनि उनले स्मरण गरे । अप्ठ्यारा परिस्थितिमा पनि नेपाल र जापानबीच भएका सहृदयी सदभावले सम्वन्धलाई थप माझेको उनको बुझाई छ । यहाँको पूर्वाधार विकास, सामाजिक, आर्थिक, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा सहयोग गर्दै नेपालको विकासका प्रयासहरुमा जापानले एक प्रमुख दाता राष्ट्रका रुपमा सहयोग पु¥याएको पनि उनले खुसी व्यक्त गरे । नेपालमा वैदेशिक लगानी आकर्षण गर्न त्यो अनुरुपको वातावरण तय गर्न आवश्यक रहेको पनि बताए ।  

नेपाली उद्यमीले पनि लगानीमैत्री वातावरणको निर्माणबाट जापानी लगानीकर्तालाई आकर्षित गर्न सक्छन् र त्यस्तो अनुकूल वातावरण बनाउन नीतिगत व्यवस्थाले ठूलो अर्थ राख्ने सुझाव उनको छ । राष्ट्र निर्माणको काम वास्तवमा मानवीय स्रोतको विकासबाट नै शुरु हुने जापानी विश्वास रहेको उनले बताए । जापानले कोभिड १९को विरुद्धको लडाईमा भ्याकिसनका लागि पनि साहयोग गर्ने जनाइसकेको छ । गत वर्षदेखि जापानले कोभाक्स संयन्त्र निर्माणमा योगदान गरिरहेको छ र हालसम्म कोभाक्समा २० करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरिसकेको पनि उनले बताए । 

खोप निकै अत्यावश्यक र महत्वपूर्ण पक्ष हो, तर यसका लागि कोल्ड चेन (चिस्याउने सुविधा) पनि जरुरी हुन्छ । जापानले नेपालसहित दक्षिण पूर्व र दक्षिण पश्चिम एसिया एवं प्रशान्त द्वीपका २५ देशका लागि करिब चार करोड १० लाख अमेरिकी डलर आपतकालीन अनुदान सहायता उपलब्ध गराउने निर्णय गरिसकेको छ । यो अनुदान कोल्ड चेन निर्माणका साथै कोल्ड स्टोरेज सुविधा र ढुवानी जस्ता मेडिकल उपकरणका लागि उपयोग गरिने छ । सबै जनतालाई खोप उपलब्ध गराउने सुनिश्चित गर्न राष्ट्रसंघीय बालकोषमार्फत यो रकम उपयोग गरिने उनले बताए । 

मातृ तथा बाल स्वास्थ्य एवं पोषण कार्यक्रम सञ्चालन गर्न ३४ लाख ७० हजार अमेरिकी डलर सहायता प्रदान गरिएको छ । जापानले कोभिड–१९ विरुद्धको लडाइँमा अन्तरराष्ट्रिय समुदायसँगको साझेदारीलाई निरन्तरता दिनेछ । प्रमुख सात औद्योगिक राष्ट्रको समूह (जी–७) र क्वाड (जापान, अमेरिका, भारत, अस्ट्रेलिया) का सदस्य मुलुकले त्यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन । कोभिड–१९ लाई परास्त गर्न मिलेर सहकार्य गर्ने उनले बताए । मेडिकल, वैज्ञानिक, वित्तीय, म्यानुफ्याक्चरिङ र ढुवानी, र विकास क्षमतालाई एकीकृत गर्नेछौं र सुरक्षित एवं प्रभावकारी खोप वितरणको प्रतिबद्धतालाई कार्यान्वयनमा ल्याउन एउटा खोप विज्ञ कार्यसमूह स्थापना गर्ने तयारी क्वाड राष्ट्रले गरिरहेको उनले बताए ।  

जापानले सामाजिक तथा आर्थिक पूर्वाधार, जलविद्युत् र पानी, स्वास्थ्य प्रणाली र शिक्षामार्फत नेपालको आर्थिक विकासमा मद्दत गरिरहेको बताउँदै उनले बीपी राजमार्गको निर्माणले सहजता मिलेको छ । त्यस्तै भखरै काठमाडौमा आएको मेलम्चीको पानीको सुन्दरीजलमा प्रशोधन प्लान्ट निर्माण राख्न जापानले सहयोग गर्दा पाएकोमो खुसी लागेको बताए । रासस 


Author

थप समाचार
x