कूटनीति

राष्ट्रपतिसमक्ष चार राजदूतले लिए शपथ

इकागज |
असार १६, २०७९ बिहीबार १९:४० बजे

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज विभिन्‍न मुलुकका लागि नवनियुक्त राजदूतहरूले पदथ तथा गोपनियताको शपथ लिएका छन् ।

राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा उनीहरूले शपथ लिएका हुन् । शपथ लिने राजदूतहरूमा डा नरेशविक्रम ढकाल (कतार), विष्णुपुकार श्रेष्ठ (चीन), कैलाशराज पोखरेल (अष्ट्रेलिया) र कान्ता रिजाल (इजरायल) छन् । 


समारोहमा परराष्ट्रमन्त्री डा नारायण खड्कालगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।


Author

थप समाचार
x