कूटनीति

भारतीय दूतावासका गार्डले आफैलाई गोली हानी आत्महत्या

इकागज |
असार २०, २०७९ सोमबार १४:४७ बजे

काठमाडौँ - काठमाडौँको लैनचौरस्थित भारतीय दूतावासमा कार्यरत भारतीय सुरक्षागार्डले गोली हानी आत्महत्या गरेका छन् । 

दूतावास सुरक्षार्थ तैनाथ ३२ वर्षीय दीपक सिंहले ड्युटी समयमै इन्सास राइफलबाट आफैंलाई गोली हानी आत्महत्या गरेका हुन् । उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।


दूतावासभित्रै घटना भएका कारण भारतीय पक्षले नै त्यसको अनुसन्धान गरी शव व्यवस्थापन गर्ने तयारी गरेको छ । सिंहको घटनास्थलमै मृत्यु भएको दूतावासका अधिकारीले नेपाल प्रहरीलाई जानकारी दिएका छन् । 
 


Author

थप समाचार
x