कूटनीति

पाकिस्तानको सहयोगमा श्रमशील विद्यापीठको ल्याब स्तरोन्नति

इकागज |
साउन ४, २०७९ बुधबार १८:५६ बजे

काठमाडौँ - पाकिस्तानी दूतावासको सहयोगमा कागेश्वरी मनोहरा नगरपालिका-८ स्थित श्रमशील विद्यापीठ कम्प्युटर प्रयोगशालाको स्तरोन्नति​ सम्पन्न भएको छ। सो ल्याबको आज पाकिस्तानी राजदूत सैयद हैदर शाह र ८ का वडाध्यक्ष हरिभक्त पुडासैनीले संयुक्त रुपमा उद्घाटन गरेका छन्। सो ल्याब पाकिस्तानको स्वतन्त्रताको ७५ औं वर्षको पूर्वसन्ध्यामा पाकिस्तानी दूतावासको सहयोगमा प्रयोगशालाको स्तरोन्नति गरिएको हो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै हरिभक्त पुडासैनीले नेपालको शिक्षा क्षेत्रमा पाकिस्तान सरकारको प्रयासको प्रशंसा गरे । विद्यालयका अध्यक्ष कमलप्रसाद दाहालले पाकिस्तानी राजदूतावासको सहयोगको प्रशंसा गर्दै नयाँ र स्तरोन्नति गरिएको कम्प्युटर प्रयोगशालाले विद्यार्थीहरूको लागि बहुमूल्य सिकाइ उपकरण हुने बताए। उनले स्तरोन्नति कम्प्युटर प्रयोगशालाले नेपाली विद्यार्थीहरूप्रति पाकिस्तानको मित्रता र न्यानोपन झल्काउने बताए।
 
राजदूत शाहले शिक्षा, स्वास्थ्य, संस्कृति लगायतका विभिन्न क्षेत्रमा नेपालको सामाजिक–आर्थिक विकासका लागि पाकिस्तानी दूतावासको भूमिका रहेकोमा प्रकाश पार्दै डिजिटल डिभाइभलाई कम गर्न कम्प्युटर साक्षरता अपरिहार्य हुने कुरामा जोड दिए । उनले नेपाली विद्यार्थीलाई सुलभ शुल्कमा उच्च गुणस्तरको शैक्षिक सुविधा उपलब्ध गराउन नेपालसँग मिलेर काम गर्ने पाकिस्तानको प्रतिबद्धता दोहोर्‍याए।



Author

थप समाचार
x