कूटनीति

राष्ट्रपतिले गरिन् विभिन्न मुलुकका लागि राजदूत नियुक्त

इकागज |
साउन १०, २०७९ मंगलबार १४:४२ बजे

फाइल फोटो

काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा विभिन्न मुलुकका लागि नेपाली राजदूत नियुक्त गरेकी छिन् । 

राष्ट्रपति भण्डारीले डा शर्मिला पराजुली (ढकाल)लाई स्पेनका लागि नेपालको आवासीय राजदूतमा, मिलनराज तुलाधारलाई रूसी महासंघका लागि नेपालको आवासीय राजदूतमा, प्राडा राम स्वार्थ रायलाई डेनमार्कका लागि नेपालको आवासीय राजदूत पदमा र गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूत डा शंकरप्रसाद शर्मालाई भूटानका लागिसमेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । रासस
 



Author

थप समाचार
x