कूटनीति

पाँच राजदूतले लिए शपथ

इकागज |
साउन ११, २०७९ बुधबार २१:१ बजे

फाइल फोटो

काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विभिन्न देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले आज राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित एक समारोहका बीच आफ्नो पद तथा गोपनीयताको शपथ लिएका छन् । 

शपथ लिनेमा डा दुर्गाबहादुर सुवेदी (जापान), दानबहादुर तामाङ   (गणतन्त्र दक्षिण अफ्रिका), डा शर्मिला पराजुली (ढकाल) (स्पेन), मिलनराज तुलाधार (रुसी महासंघ) र प्रा डा राम स्वार्थ राय (डेनमार्क) का लागि राजदूत रहेका छन् ।


सो अवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीको समेत उपस्थिति रहेको थियो । 


Author

थप समाचार
x