कूटनीति

परराष्ट्रमन्त्री खड्का आज चीन जाँदै

इकागज |
साउन २४, २०७९ मंगलबार ८:३१ बजे

फाइल तस्बिर

काठमाडौँ - परराष्ट्रमन्त्री डा. नारायण खड्का आज चीन भ्रमणमा जाँदै छन् । ११ सदस्यीय टोलीको नेतृत्व गर्दै मन्त्री खड्का आज चीनको तीनदिने भ्रमणमा जान लागेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार उनी साउन २६ तेसम्म चीनमा रहनेछन् । 

चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणमा परराष्ट्रमन्त्री खड्का चीन भ्रमणमा जान लागेको मन्त्रालयले जनाएको छ ।  गत मार्चमा चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणको क्रममा परराष्ट्रमन्त्रीलाई चीन भ्रमणको नियन्त्रणा प्राप्त भएको मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् । उनका अनुसार भ्रमणमा दुई मुलुकबीचको आपसी हीतका विविध विषयमा छलफल हुनेछ । 


पछिल्लो समय चीनबाट उच्चस्तरीय भ्रमण भइरहेको छ । पछिल्ला ४ वर्षमा चीनबाट राष्ट्रपति सी चिनफिङसहितका ६ वटा शीर्ष नेतृत्वको भ्रमण भएका छन् । केही दिनअघि मात्रै चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले ४ दिने नेपाल भ्रमण गरेका थिए । 
 


Author

थप समाचार
x