कूटनीति

७५औं स्वतन्त्रता दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

इकागज |
साउन २९, २०७९ आइतबार १३:५४ बजे

काठमाडौँ – पाकिस्तानको ७५ औं स्वतन्त्रता दिवसको अवसरमा पाकिस्तानी दूतावास काठमाडौँले दूतावासमा झन्डोत्तोलन गरेको छ । पाकिस्तानको ७५ औं स्वतन्त्रता दिवसको अवसरमा आज पाकिस्तानी राजदूतावासमा भव्य झन्डोत्तोलन गरिएको हो।

दूतावासमा आयोजित कार्यक्रममा राजदूत सैयद हैदर शाहले झण्डा फहराएका थिए । कार्यक्रममा दूतावासका अधिकारी तथा कर्मचारीहरु र पाकिस्तानी समुदायको सहभागिता रहेको थियो । सो अवसरमा पाकिस्तानका राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश पढेर सुनाइएको थियो ।


झन्डोत्तोलन कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत शाहले कायद-ए-आजम मोहम्मद अली जिन्नाको नेतृत्वमा भएको पाकिस्तान आन्दोलनको इतिहासको स्मरण गरे।


Author

थप समाचार
x