कूटनीति

भारतीय दूतावासले मनायो ७५ औं स्वतन्त्रता दिवस

इकागज |
साउन ३०, २०७९ सोमबार १६:२५ बजे

काठमाडौँ- काठमाडौँस्थित भारतीय दूतावासले आज एक कार्यक्रमको आयोजना गरी भारतको ७५ औं स्वतन्त्रता दिवस मनाएको छ । 

भारत बेलायतबाट सन् १९४७ अगष्ट १५ का दिन स्वतन्त्र भएको थियो । त्यसपछि सोही दिन अर्थात अगष्ट १५ लाई भारतले आफ्नो स्वतन्त्रता दिवसको रुपमा मनाउँदै आएको छ । 


दूतावासका काउन्सिलर प्रसन्न श्रीवास्तवले झण्डोत्तोलन गरेर कार्यक्रमको सुभारम्भ गरेका थिए । त्यसपछि उनले भारतका राष्ट्रपति द्रौपदी मुर्मूले स्वतन्त्रता दिवसको अवसरमा देशको नाममा गरेको सम्बोधन पढेर सुनाएका थिए । 

सन्देशमा राष्ट्रपतिले भारतको स्वतन्त्रताको लागि स्वतन्त्र सेनानीहरूले गरेको बलिदानको सम्झना गरेकी थिइन् । 


Author

थप समाचार
x