कूटनीति

प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, र परराष्ट्रमन्त्रीसँग भेट्दै

चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले आज उच्चस्तरीय राजनीतिक भेटघाट गर्दै

इकागज |
भदौ २८, २०७९ मंगलबार ९:२१ बजे

फाइल तस्बिर

काठमाडौँ - चार दिने नेपाल भ्रमणमा सोमबार काठमाडौं आइपुगेका चिनियाँ जनकंग्रेसका स्थायी समितिका अध्यक्ष ली चान्सुले आज उच्चस्तरीय राजनीतिक भेटघाट गर्दै छन् । उनले आज प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट गर्ने कार्यतालिका छ ।

भेटवार्ता संसद् भवनमा हुनेछन् । बुधवार राष्ट्रपति भवनमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने कार्यक्रम छ ।


अध्यक्ष लीले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग पनि शिष्टाचार भेट गर्नेछन् । सोमबार सभामुख अग्निप्रसाद सापकोटासँग लीले भेट गरेका थिए ।


Author

थप समाचार
x