कूटनीति

दशैंअघि उत्तरी नाका पूर्ण रूपमा सञ्चालन हुन्छ : प्रवक्ता लम्साल

इकागज |
भदौ ३०, २०७९ बिहीबार १६:१३ बजे

काठमाडौँ- परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बाढी पहिरोका कारण उत्तरी नाकामा केही समस्या आएपनि दशैंअघि पूर्ण रूपमा नाका सञ्चालन हुने बताएकी छिन् ।

बिहीबार सिंहदरबारमा भएको नियमित पत्रकार सम्मेलनमा यस्ताे बताएका हुन् । उनले यसबारेमा चिनियाँ पक्षसँग पनि कुराकानी भइसकेकाले दशैँभन्दा अघि नै राम्रोसँग नाका सञ्चालन हुनेमा विश्वस्त रहन आग्रह गरिन् । उत्तरी नाकाबाट व्यापारिक सामग्रीहरूको आवागमन राम्रो र निर्वाध होस् भन्ने चाहना नै सरकारको रहेको उनले बताइन् ।


उनले भनिन्, ‘बाढी पहिरो, बाटाेका कारण पनि नाकामा थोरै समस्या रहेको हामीले पाएका छौँ, त्यसका लागि जतिसक्दो छिटो त्यसलाई सुचारु गर्ने काम भइरहेको छ । नाकाहरूलाई पूर्ण सञ्चालन गर्ने कुरा भइरहेको छ,' उनले भनिन्, 'दशैँभन्दा अघि नेपालीहरूले राम्रोसँग नाका सञ्चलन हुनेमा हामी ढुक्क छौँ । व्यापारिक सामग्रीहरूको आवागमन राम्रो र निर्वाध होस् भन्ने नै हाम्रो चाहना हो ।’

प्रवक्ता लम्सालले पत्रकार सम्मेलनमा पाकिस्तान सरकारलाई नेपालले गरेको सहयोग, बेलायती महारानी एलिजाबेथ द्वितीयको निधनपछि नेपालले गरेको सम्मान र चीन जनकंग्रेसका अध्यक्ष ली चान्सुको नेपाल भ्रमणबारे जानकारी गराइन् । 


Author

थप समाचार
x