कूटनीति

परराष्ट्र सचिव पौड्याल न्यूयोर्क प्रस्थान

इकागज |
असोज २, २०७९ आइतबार २०:१३ बजे

काठमाडौँ- परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा हुन लागेको ७७ औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गरेका छन् ।

न्युयोर्कमा रहँदा उनले ७७ औँ संयुक्त राष्ट्र सङ्घको महासभालाई सम्बोधन गर्ने मन्त्रालयले जनाएको छ । परराष्ट्र सचिवले संयुक्त राष्ट्र सङ्घका साइडलाइनमा हुने उच्चस्तरीय बैठकमा सहभागी हुनुका साथै राष्ट्र सङ्घका उच्च अधिकारीहरूसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । 



Author

थप समाचार
x