कूटनीति

नेपालका लागि जापानी राजदूत किकुता युताकाले बुझाए ओहोदाको प्रमाणपत्र

इकागज |
बैशाख ४, २०७८ शनिबार ८:१० बजे

काठमाडौँः नेपालका लागि जापानी राजदूत किकुता युताकाले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र बुझाएका छन् । शुक्रबार ओहोदाको प्रमाणपत्र बुझाएपछि राष्ट्रपति र राजदूत किकुताबीच नेपाल–जापान द्विपक्षीय सम्बन्ध, कोभिड–१९ महामारी सिर्जित परिस्थिति, व्यापार तथा लगानी प्रवद्र्धन र नेपालको आर्थिक–सामाजिक विकासका विषयमा छलफल भएको थियो । 

राजदूत किकुताले मेलम्ची खानेपानी आयोजना सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै यसले काठमाडौँको जनजीवनमा सुधार आउने बताए । जापानले उक्त आयोजनाकै अभिन्न भागका रूपमा रहेको सुन्दरीजलमा पानी प्रशोधन केन्द्रको निर्माण गरेको छ । राजदूत किकुताले सन् २०२५ मा ओशाका, कान्साइ एक्स्पो नेपालले पनि भाग लिइ ‘समृद्ध नेपाल, सुखी नेपाली’का लापग बाह्य लगानी आकर्षित गर्न सक्ने बताए । राष्ट्रपति भण्डारीसँगको संक्षिप्त छलफलमा राजदूत किकुताले ‘नेपाल र जापानबीच मैत्रीपूर्ण र घनिष्ठ सम्बन्ध रहेको चर्चा गर्दै दुई देशबीच सधैं मजबुत सम्बन्ध कायम रहने’ उल्लेख गरेको राजदूतलाई उद्धृत गर्दै काठमाडौँस्थित जापानी दूतावासले जनाएको छ । 
 



Author

थप समाचार
x