कूटनीति

चिनियाँ राजदूतले गरिन् परराष्ट्रमन्त्रीसँग बिदाइ भेट

इकागज |
असोज २५, २०७९ मंगलबार १८:९ बजे

काठमाडौं- नेपालको लागि चिनियाँ राजदूत होउ यान्छीले परराष्ट्रमन्त्री नारायण खड्कासँग बिदाई भेट गरेकी छन् । 

भेटवार्ता आज परराष्ट्रमन्त्रीको कार्यकक्षमा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । ​भेटमा द्विपक्षीय हितका बिषयमा छलफल भएको थियो । 


परराष्ट्रमन्त्रीसँग भेटवार्ता गर्नुअघि चिनियाँ राजदूत होउ यान्छीले परराष्ट्र सचिव भरत राज पौड्यालसँग पनि बिदाई भेट गरेकी थिइन् । 


Author

थप समाचार
x