कूटनीति

अमेरिकी राजदूत थम्प्सन र प्रधानसेनापति शर्माबीच शिष्टाचार भेटवार्ता

इकागज |
कात्तिक १५, २०७९ मंगलबार १५:५७ बजे

काठमाडौँ- नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि अमेरिकी राजदूत डिन रिचार्ड थम्प्सन बीच शिष्टाचार भेटवार्ता भएको छ । मंगलबार प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धको विषयमा छलफल भएको सेनाले जनाएको छ ।

भेटघाटले दुई बिचको आपसी सम्बन्धलाई सुमधुर एवम प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।



Author

थप समाचार
x