कूटनीति

नेपाल र श्रीलंकाबीच ऐतिहासिक र धार्मिक सम्बन्ध छ : श्रीलंकाली प्रधानमन्त्री

इकागज |
कात्तिक १९, २०७९ शनिबार २०:५४ बजे

काठमाडौँ- श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणवर्द्धनाले नेपाल र श्रीलंकाबीच ऐतिहासिक र धार्मिक सम्बन्ध रहेको बताएका छन् । दक्षिण एसियाका नेपाल, भारत र श्रीलंका पत्रकारहरूसँगको भेटमा प्रधानमन्त्री गुणवर्द्धनाले श्रीलंकामा करिब ७२ प्रतिशत बुद्ध धर्मावलम्बी रहेको र नेपालको लुम्बिनी बुद्धको जन्मस्थल भएकाले पनि नेपाल र श्रीलंकाबीच धार्मिक सम्बन्ध रहेको बताए । 

'राम, सीता र रावणका विषय धार्मिक इतिहासमा छ । अझ आस्थाको केन्द्र पशुपतिनाथ नेपालमा छ । यसले पनि दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाएको छ,' उनले भने । सङ्कटको समयमा छिमेकी देशले गरेको सहयोग प्रशंसनीय भएजस्तै सञ्चारकर्मीले पनि सकारात्मक समाचार सम्प्रेषण गरेर सहयोग गर्नुपर्नेमा उनको जोड थियो । 


'पछिल्लो समय श्रीलंकाको अर्थतन्त्रमा केही सुधार आएको छ,' उनले भने, 'यहीँ सत्यतालाई नेपाल, भारत र श्रीलंकाका पत्रकारले जिम्मेवारी पूर्वक सूचना प्रवाह गर्नुपर्ने अपेक्षा राखेको छु ।' दक्षिण एसिया नेपाल, भारत, श्रीलंकाका पत्रकारको समूहलाई श्रीलंकाको वर्तमान राजनीतिक, सामाजिक र आर्थिक स्थितिको बारेमा प्रकाश पार्न र आगामी दिनमा थप पर्यटकलाई श्रीलंका भ्रमण गराउन आमन्त्रित गरिएको हो ।

टोलीमा सहभागी पत्रकार सम्झना पौडेलका अनुसार यस ‘मिडिया परिचय टुर’ को आयोजना श्रीलंकाली सरकार, टुरिजम प्रोमोसन ब्यूरो श्रीलंका र एशिया मिडिया कल्चर एशोसियसनले गरेको हो । एएमसिएका अध्यक्ष उपुल जानका जय सिङ्गेले पर्यटन प्रवद्र्धन ब्यूरोकोतर्फबाट मिडिया परिचय टुरले श्रीलंकाको मात्र नभइ एसियाली देशको नै पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा राखिएको बताए ।


Author

थप समाचार
x