कूटनीति

पीस कोरका सह-निर्देशक स्कट बिइल दुई दिने नेपाल भ्रमणमा

इकागज |
मंसिर १३, २०७९ मंगलबार १६:४६ बजे

काठमाडौँ – पीस कोरको विश्वव्यापी कार्यसञ्चालनसम्बन्धी कार्यालयका सह-निर्देशक स्कट बिइल दुई दिने भ्रमणका लागि नेपाल आइपुगेका छन् । काठमाडौँ बसाइका क्रममा सह-निर्देशक बिइलले सरकार र नागरिक समाजका प्रतिनिधिहरूसँग भेटघाट तथा छलफल हुने जनाइएको छ।

कोभिड-१९ महामारीका कारण सन् २०२० को मार्च महिनामा स्वयंसेवकहरूको विश्वव्यापी निष्क्रिय भएकोमा उनीहरूलाई सन् २०२३ को सुरुवातका फिर्ता ल्याउने पीस कोरको योजना रहेको छ । पीस कोरले नेपालमा पहिलो पटक सन् १९६२ को सेप्टेम्बर महिनामा आफ्नो कार्यसञ्चालन आरम्भ गरेको थियो र त्यसयता  झन्डै ४ हजार अमेरिकीहरूले नेपालमा बहुमुखी क्षेत्रमा र देशभरी काम गर्दै सेवा पुर्‍याएका छन् । विश्वव्यापी निष्क्रिय समयमा नेपालमा पीस कोरका १२४ जना स्वयंसेवक तथा प्रशिक्षार्थीले कृषि, स्वास्थ्य र शिक्षाका क्षेत्रमा काम गरिरहेका अमेरिकी राजदूतावाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


पीस कोरबारे : पीस कोर विश्व शान्ति तथा मित्रताको उद्देश्यबाट अभिप्रेरित स्वयंसेवक, समुदायका सदस्य, आतिथेय मुलुकका साझेदार र कर्मचारीहरूको एउटा अन्तर्राष्ट्रिय सेवा सञ्जाल हो । विश्वभरका सरकारहरूको आमन्त्रणमा पीस कोर स्वयंसेवकहरू शिक्षा, स्वास्थ्य, वातावरण, कृषि, सामुदायिक आर्थिक विकास र युवा विकासका क्षेत्रमा स्थानीय रूपमा प्राथमिकता निर्धारण गरिएका परियोजनाहरूमा समुदायका सदस्यहरूसँग काम गर्छन् ।

पीस कोर सञ्जालका सदस्यहरूले आफूले गरेको सेवामार्फत स्थानान्तरणीय सीपहरू विकास र अन्तर-सांस्कृतिक क्षमताहरू अभिवृद्धि गर्छन् जसले उनीहरूलाई विश्वका नेतृत्वकर्ताको आगामी पुस्ता बन्ने स्थानमा पुर्‍याउँछ । सन् १९६१ मा अमेरिकी राष्ट्रपति जोन एफ. केनेडीले पिस कोरको स्थापना गरेदेखि २ लाख ४० हजारभन्दा बढी अमेरिकीहरूले विश्वभर १४२ मुलुकमा सेवा गरिसकेका जनाइएको छ । 


Author

थप समाचार
x