कूटनीति

भीम रावलको प्रश्न : परराष्ट्र मन्त्रालयको अनुमतिमा बालेन साहले अमेरिकी राजदूतलाई भेटेका हुन् ?

इकागज |
मंसिर १६, २०७९ शुक्रबार १८:२७ बजे

काठमाडौं-  नेकपा एमाले उपाध्यक्ष भीम रावलले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह 'बालेन'ले नेपालका लागि अमेरिकी राजदूत डी आर थम्पसनसँग गरेको भेटबारे चासो व्यक्त गरेका छन् । 

मेयर साह र राजदूत थम्पसनबीच बिहीबार भेटवार्ता भएको थियो । राजदूत थम्पसनसँग भेट्दा मेयर साहले परराष्ट्र मन्त्रालयबाट अनुमति लिए/नलिएको विषयमा उपाध्यक्ष रावलले चासो व्यक्त गरेका हुन् । उनले यसबारे स्पष्ट पार्नसमेत भनेका छन् । 


सामाजिक सञ्जाल ट्वीटरमा उपाध्यक्ष रावलले लेखेका छन्, ‘नेपालको परराष्ट्र सम्बन्ध संघीय सरकारको मातहतमा रहने संविधानको स्पष्ट व्यवस्था छ । कामपाका प्रमुख बालेन साहाले अमेरिकी राजदूतसँग भेटवार्ताबारे विषय जानकारी गराई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएको हो कि होइन ? स्पष्ट गरियोस् । संविधान र स्वाधीन देशको स्वाभिमान र मर्यादाको रक्षा गरौं ।’


Author

थप समाचार
x