कूटनीति

एमाले अध्यक्ष ओली र भारतीय राजदूतबीच भेटवार्ता

इकागज |
मंसिर २१, २०७९ बुधबार २१:२२ बजे

काठमाडौं- भारतीय राजदूत नवीन श्रीवास्तवले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । राजदूत श्रीवास्तव बुधबार बिहानै ओली भेट्न बालकोट पुगेका थिए । 

ओली र श्रीवास्तवबीच बिहान साढे ११ देखि साढे १२ बजेसम्म भेटघाट भएको ओलीको सचिवालयले जनाएको छ । श्रीवास्तवले निर्वाचनपछि प्रधानमन्त्री शेरबहादुर देउवासँग दुई पटक र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग एकपटक भेटिसकेका छन् । 



Author

थप समाचार
x